काठमाडौँ- नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि(निसान म्यागनाइट—अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटि) सहित उपलब्ध हुने भएको हो ।
निसान म्याग्नाइट एएमटिले स्वचालित ट्रान्समिसनको सहजतालाई म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल९नियन्त्रण० र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै( दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ । जुन एक्सएल मिड, एक्सभी सुपर, एक्सभी सुपर (डुअल), एक्सभी प्रिमियम र एक्सभी प्रिमियम९डुअल० मा रहने कम्पनीले जनाएको छ ।
निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार ‘निसान म्याग्नाइटमा नयाँ एएमटी सुविधा आउनुले निसानको निरन्तर इनोभेसन ९नवप्रवर्तन० द्वारा ग्राहकलाई संवृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ ।’
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुनेछ । यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ भने म्यागनाइट एएमटिको लन्च एही नाडा अटो शोमा हुन गहिरहेको छ । उसो त पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ एएमटी भेरियन्टमा ड्राइभिङ अनुभव प्राप्त गर्न समेत आह्वान गरेको छ ।
पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक विक्रेता हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया