स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै बोर्ड, १० कित्ते नीतिमाथि पुनरावलोकन गर्ने

१ हप्ता अगाडि

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका स्वतन्त्र सञ्चालकहरुको छुट्टै योग्यता तोक्ने भएको छ । 

नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले आयोजना गरेको आर्थिक मन्दिमा पुँजीबजारस्सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले स्वतन्त्र सञ्चालकहरुको योग्यता तोक्ने तयारी गरेको बताएका हुन् ।

उनले त्यस्ता स्वतन्त्र सञ्चालकहरुको रोष्टर पनि धितोपत्र बोर्डले नै बनाउने पनि बताए । ‘स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौं, रोष्टर नै बनाउदै छौं । स्वतन्त्र संचालकले स्वतन्त्र लेखा परिक्षकलाई नै रिपोर्ट बुझाउने ब्यवस्था गर्दैछौं ।’, अध्यक्ष हमालले भने ।

अध्यक्ष हमालले ब्रोकरलाई समस्यामा पारेर कमिसन घटाउने निर्णय नहुने पनि स्पष्ट पारे । ब्रोकरको कमिसन घटाउदा बोर्डको कमिसन पनि घटाउने प्रतिवद्धता पनि हमालले व्यक्त गरे । अध्यक्ष हमालले हक प्रद सेयर बारे पनि नयाँ नियम ल्याउने तयारी गरिरहेक स्पष्ट पारे ।

१० कित्ते नितिको पुनरावलोकन आवश्यक रहेको पनि बताए । ‘सुझ बुझ पुर्ण निर्णय आउँछ, देश काल परिवेश गरिनेछ । बजारमा सस्थागत लगानी कर्ताको अभव छ । १० कित्ते नीति पुनरावलोकन गर्नु पर्नेछ । त्यसबारे अध्ययन गर्नेछौं ।’अध्यक्ष हमालले भने ।

१ हप्ता अगाडि

प्रतिक्रिया