आज सार्वजनिक बिदा, बैंकिङ तथा शेयर बजार बन्द

बुधबार, ०३ असोज २०८०, ०९ : १३

सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधवार संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको हो । आज सरकारी कार्यालय लगायत शेयर बजार, बैङ्क तथा वित्तीय संस्थाका साथै बिमा कम्पनीहरू बन्द हुनेछन् ।

 आज संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ।

पछिल्लो समय नेपालको संविधान २०७२जारी भएको दिन संविधान दिवस असोज ३ गते मनाइन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा।रामवरण  यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान  २०७२’ जारी भएको घोषणा गरेका थिए। 

आज असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।

बुधबार, ०३ असोज २०८०, ०९ : १३

प्रतिक्रिया