काठमाडौँ - कोका-कोला नेपालले ‘चिल एन विन’को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरि लिएर आएको छ।
यो क्याम्पेनले ग्राहकहरुलाई बम्पर पुरस्कारको रुपमा एउटा कार तथा साप्ताहिक रुपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरु जित्ने अवसर प्रदान गर्नेछ। यसका साथै, दैनिक टप–अपसहित स्मार्टफोनहरु पनि प्रदान गरिनेछ। यस रोमाञ्चक क्याम्पेनले ग्राहकमाझ अनेकौँ एक्साइटिङ पुरस्कारहरु जित्ने सम्भावना अगाडि ल्याएको छ।
क्याम्पेनमा सहभागी हुन ग्राहकहरुले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरुको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरु (आरजीबी)को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ। यी कोडहरु ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ। एसएमएसमार्फत इन्टर गर्न सहभागीहरुले मेसेज बक्समा
गत सप्टेम्बर १ बाट सुरु भएको यो क्याम्पेन ३१ अक्टोबरसम्म चल्नेछ। ग्राहकले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरु जित्ने मौका पाउनेछन्।
नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन। कोका–कोला नेपालले आफ्ना ग्राहकहरुलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरु प्रदान गर्दै आएको छ। ‘चिल एन विन’को पहिलो संस्करण, ‘क्यापमा कार’ तथा ‘स्प्राइटसंग जित्ने मौका’ कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरु मध्येका केही क्याम्पेन हुन्।
‘चिल एन विन २.०’का साथमा कोका–कोलाले नेपालभरका ग्राहकलाई रिफ्रेसमेन्टका साथै अविस्मरणीय अनुभवहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ। अब कोका–कोला, स्प्राइट तथा फ्यान्टा पिएर एक्साइटिङ उपहार जित्न तयार हुनुहोस् १
प्रतिक्रिया