चितवनमा  टियागो ईभी र पन्चको बिक्री आरम्भ

शनिबार, ०६ असोज २०८०, ०९ : ००

 टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुरमा नयाँ  शोरुम  सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको  नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको  भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रवारदेखि शोरुम  सञ्चालनमा ल्याएको हो ।

३,५०० वर्ग फिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित रहेको छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ । सोही कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नँया गाडीहरूको बिक्री वितरण भरतपुरमा सुरु भएको छ ।

कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सान्त्वना जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो । शोरुमको उद्घाटन समारोहमा बोल्दै, सावन्तजङ्ग सिजापतिले भने , ‘टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ ।

एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देश सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाउँदा आफू खुसी भएको बताएका छन् ।

समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरूमा उभिएको छ र ती हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग  र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित कम्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसै गरी, टाटाको ‘न्यु परेभर’ रेन्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।
 

शनिबार, ०६ असोज २०८०, ०९ : ००

प्रतिक्रिया