‘भेटायो’ले ल्यायो आर्कषक चाडपर्व अफर

आइतबार, ०७ असोज २०८०, १२ : ४४

काठमाडौँ - घर मर्मत सेवा एप ‘भेटायो’ले चाडपर्व अफर ल्याएका छ ।  एपले “उत्सबको तयारी भेटायोको जिम्मेवारी” नाम अफर ल्याएको हो ।  यो अफर ७ सेप्टेम्बरदेखि नोभेम्बर १० सम्म चल्ने जनाइएको छ । 

जसअनुसार एसी खरिद गर्दा रु.३०,००० सम्मको बचत गर्न सकिनेछ । माइडिया, मित्सुविसी, सामसुङ्ग, डाइकिन जस्ता विभिन्न एसी ब्रान्डहरूमा रु. ३०,००० सम्मको विशेष छुट पाउन सकिने कम्पनीको भनाइ छ । 

 यसैगरी प्लम्बिङदेखि पेन्टिङसम्मका सबै मर्मतसम्भार कार्यहरू विशेष सम्झौताहरूसँग पाउन सकिनेछ । जसअनुसार सिसिटिभि क्यामेरा जडान जम्मा रु.११०० मा पाइनेछ । यसैगरी भेटायो र खल्तीले ग्राहकहरूलाई बचतको सबैभन्दा ठूलो आनन्द प्रदान गर्न सहकार्य गरिरहेका छन्, जहाँ ग्राहकहरूले सबै खरिदहरूमा ५५ सम्म क्यासब्याकको फाइदा लिन सक्ने छन् । 

 यसैगरी भेटायो मार्फत कुनै पनि सेवा अर्डर गर्दा कम्पनीबाट प्रत्येक अर्डरमा रु.५०० सम्मको डिजिटल दक्षिणा फिर्ता प्राप्त गर्न सकिनेछ । 

यस्तै थप सेवा अर्डर गर्दा १ तोला सुन जित्ने अफर समेत ल्याइएको छ ।  यसैगरी भेटायोको सामाजिक सञ्जाल प्रतियोगितामा भाग लिएर ५ हजार बराबरको पुरस्कार जित्ने समेत पाइने बताइएको छ । थप जानकारी एप डाउनलोड गरेर लिन सकिने कम्पनीले जनाएको छ  । 

आइतबार, ०७ असोज २०८०, १२ : ४४

प्रतिक्रिया