होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक उपहार योजना ल्याएको आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्ने अवसर पाउनेछन् ।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
यसका साथै ‘चुज योर स्कीम’ अन्तर्गत ग्राहकहरुले दश हजारसम्मको थप स्क्रयाच कार्ड वा बाह्र हजार पाँच सय बराबरको पाँच वर्षे एएमसी पाउन सक्नेछन् । कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘रु १ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ ।
यसका साथै होण्डा बिग बाइकको खरिदमा एक लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया