रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि सोलुखुम्बुको लुक्ला सम्म उडान भर्न थालेका हुन् ।
यो समयलाई पर्यटकका लागि उपयुक्त मानिन्छ यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त हुने र ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्ला का लागि उडान भर्न लागेका हुन् ।
दुई वर्षदेखि थलिएर भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैदेखि उडान भर्न लागेका हुन् । यो पर्यटकहरूको सिजन भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरूको भनाई छ ।
काठमाडौँबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एक मात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ ।
प्रतिक्रिया