ग्रेटवाल गाडीको खरिदमा ७ लासम्म फाइदा

विहीबार, ११ असोज २०८०, १२ : ५०

काठमाडौँ - ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले फेस्टिभल अफर ल्याएको छ । नजिकिँदै गरेको दशैं तिहारलाई लक्षित गरी कम्पनीले ‘जीडब्लुएम डिलाइटफुल अफर’ ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ग्रेटवाल गाडी खरिद गर्दा नगद छुटसहित ७ लाख बरावरको फाइदा पाउने कम्पनीले जनाएको छ ।

 सो अफरमा ग्राहकले आकर्षक नगद छुट, ‘एक्सक्लुसिभ सेलिब्रेसन डिस्काउन्ट’ र स्पेसल बोनस पाउनेछन् भने एकवर्षको इन्स्युरेन्स र रोड ट्याक्सलाई समेत निशुल्क गरिएको छ । यसैगरी एसेसोरिज र निुशल्क सर्भिस समेत प्रदान गरिने कम्पनीले जनाएको छ । इलेक्ट्रिक कार ओरा–०३ को हकमा भने कम्पनीले ७ किलोवाटको चार्जर निशुल्क प्रदान गर्ने बताएको छ ।

ग्रेटवालको नेपाली बजारमा ह्याभल जोलियन र एच६ एसयूभीको साथै पिकअपमा पोर र ओरा–०३ इलेक्ट्रिक कार उपलब्ध छ । जसमध्ये इलेक्ट्रिक कार ओरा–०३ अहिले चर्चामा रहँदै आएको छ ।

४०० किलोमिटर रेन्ज दावी गरिएको यो कारमा ग्रेटवालले ४७।७ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरेको छ । ओरा–०३ लाई कम्पनीले नेपाली बजारमा ४७ लाख ४९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

विहीबार, ११ असोज २०८०, १२ : ५०

प्रतिक्रिया