काठमाडौँ- खानी तथा भूगर्भ विभाग र जर्मन सरकारको संलग्नता रहेको ‘जेओटेक्निकल इमर्जेन्सी एण्ड रिस्क प्रेडेक्सन इन नेपाल’ (जीईओएस) बीच एमओयू पत्रमा हस्ताक्षर भएको छ । एमओयूमा भएको हस्ताक्षरसँगै पहिरोको पूर्वसूचना सम्प्रेषण गर्ने परियोजनाको सुरुवात भएको छ ।
यो परियोजना नेपालको भू–प्राविधिक आपतकालीन तयारी र जोखिम पूर्वानुमानको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा साबित हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए । जर्मन सरकार र यसका संस्थाहरूले भूविज्ञान र विपद् व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा नेपाललाई सहयोग प्रदान गर्दै आइरहेका छन् ।
‘आज, हामी हाम्रो राष्ट्रको भूस्खलन प्रतिरोधी क्षमता बढाउने दिशामा महत्वपूर्ण कदम चालेका छौं रु’ मन्त्री रिजालले भने, ‘पहिरोले हाम्रो समुदाय, वातावरण र अर्थतन्त्रमा पार्ने विनाशकारी प्रभावबारे म सचेत छु ।’ पहिरो प्राकृतिक प्रकोप भएकाले चेतावनी बिना नै उत्पन्न हुन्छ ।
‘नेपाल एक अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हुनुको साथै विभिन्न प्राकृतिक प्रकोपको जोखिम समेत उत्तिकै छ,’ उनले भने, ‘यस्ता जोखिमहरू मध्ये पहिरो एक प्रमुख जोखिम हो । नेपालमा पहिरो जानुको मुख्य कारणहरु भूकम्प, अत्यधिक वर्षा र बद्ढो जनसंख्याको आवश्यकतालाई परिपूर्ति गर्न अव्यवस्थित सहरीकरण र पूर्वाधार निर्माण आदि हुन् ।’
प्रतिक्रिया