लाभांश वितरण नगर्ने नेपाल रिपब्लिक मिडियाको घोषणा

शुक्रबार, १२ असोज २०८०, ११ : ०८

काठमाडौँ- नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश वितरण नगर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो। यो कम्पनीले हालै सर्वसाधारणलाई आईपीओ जारी गरेरेको थियो। कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आइसकेको छ। 

सोही बैठकले कम्पनीको तेस्रो वार्षिक साधारणसभा पनि डाकेको छ। सभा आउँदो कात्तिक ३ गते काठमाण्डौको जडीबुटीस्थित जडीबुटी इन्द्रेणी ब्यांक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालन समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालनको निर्वाचन गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १८ गते ९असोज १९ गते शुक्रबार र २० गते शनिबार०सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्। 

शुक्रबार, १२ असोज २०८०, ११ : ०८

प्रतिक्रिया