एभरेष्ट बैंक र निरभाना फिजियोथेरापीबीच छुट सम्झौता

शुक्रबार, १२ असोज २०८०, १५ : ५९

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई काठमाण्डौको लाजिम्पाटस्थित निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरमा विशेष छुट हुने भएको छ। 

एभरेष्ट बैंक निरभाना फिजियोथेरापीबीच छुट सम्झौता भएको हो। यो सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले निरभाना फिजियोथेरापीबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्। 

 बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र निरभाना फिजियोथेरापीका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारका सदस्यले निरभाना फिजियोथेरापीबाट क्ष्एम्(ब्मखबलअभमरःबलगबरिऋगउउष्लनरीबकभच एजथकष्यतजभचबउथ, ब्अगउचभककगचभ, ब्अगउगलअतगचभ, ःयहष्दगकतष्यल, इकतभयउबतजथ, ल्भगचय(ःगकअगयि(क्पभभितब ि७ ऋबमष्य(एगmिय उबष्ल mबलबनझभलत, इखभचबिि ज्यष्कितष्अ ध्भिि द्यभष्लन ९इकतभय, थ्यनष्अ ७ ःबचmब० लगायत सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्। 

हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा निरभाना फिजियोथेरापीका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति थियो। 

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहक छन् तथा देशैभरि छरिएर रहेका आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

शुक्रबार, १२ असोज २०८०, १५ : ५९

प्रतिक्रिया