काठमाडौँ - केडिया अर्गनाइजेसनअन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालले ल्यामिनेसन प्लान्ट थपेको छ।
हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेसन प्लान्ट थपेको छ। जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेको कम्पनीले जनाएको छ।
कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरी पूर्ण रुपमा कम्प्युटराइज्ड र स्वचालित उत्पादन लाइनसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको छ। जसलाई नेपाली औद्योगिक परिदृश्यमा एक महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ। कम्पनीका सबै उपकरण युरो मापदण्ड अनुसारका छन् र सीई प्रमाणित पनि छन्। यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा कम्पनी ढुक्क रहेको छ।
अध्यक्ष मनोज केडिया, निर्देशक गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र प्रबन्ध निर्देशक सत्यम केडियाको दूरदर्शी नेतृत्वमा वृज सेफ्टी ग्लास उद्योगले व्यापार सफलताका साथै राष्ट्रको विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पनि निरन्तरता दिइरहेको छ। प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रुपमा कार्यान्वयन गरी नेपालको उन्नतिमा योगदान पुर्याउन समर्पित रहेको बताए। वृज सेफ्टी ग्लास उद्योगले निरन्तर वृद्धि र नवप्रवर्तन गरिरहँदा यो उच्च गुणस्तरका उत्पादन प्रदान गर्ने र उत्कृष्टतालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग छ।
प्रतिक्रिया