सारसम्ममा कुल ६ खर्ब २५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा

शनिबार, १३ असोज २०८०, ०९ : ४४

भदौसम्ममा बजारमा ६ खर्ब ३ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ  । अघिल्लो आर्थिक वर्षको भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको थियो । गत आर्थिक वर्षको तुलनामा यस्तो चलन चल्तीमा रहेको नोट बढेको छ ।

गत असारको तुलनामा भने यस्तो रकम घटेको छ। गत असारसम्ममा कुल ६ खर्ब २५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको भदौसम्म्मा चलन चल्तीमा रहेको नोट २२ अर्ब रुपैयाँले घटेको छ। 

केन्द्रीय बैंकका अनुसार अहिले बजारमा कम मात्रामा १, २, ५ का नोट र अधिक मात्रामा १०, २०, २५, ५०, १००, ५०० र १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् ।

शनिबार, १३ असोज २०८०, ०९ : ४४

प्रतिक्रिया