एक कम्पनीको संस्थापक सेयर बिक्रीमा

आइतबार, १४ असोज २०८०, १० : १२

काठमाडौँ- नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक लगानीकर्ताले ७ दिनभित्र चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा  सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। 

 

आइतबार, १४ असोज २०८०, १० : १२

प्रतिक्रिया