सानिमा म्युचुअल फन्डअन्तर्गत  ३ वटा योजनाको वित्तीय विवरण कस्तो ?

आइतबार, १४ असोज २०८०, १० : २५

काठमाडौँ- सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटै योजनाको न्याभ घटेको छ। भदौमा इक्विटी फन्डको न्याभ घटेर १२.७२ रुपैयाँ कायम भएको छ। गत साउनमा यो योजनाको न्याभ १२.८६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत भदौसम्म धितोपत्र र अन्यमा कुल १ अर्ब ३९ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी १ अर्ब ४१ करोड रुपैयाँ थियो। भदौमा यो योजनाको कुल व्यय ४ करोड ८२ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल व्यय २ करोड ९३ लाख रुपैयाँ थियो।

भदौमा लार्ज क्याप फन्डको न्याभ पनि घटेर ९.४० रुपैयाँ कायम भएको छ। गत साउनमा न्याभ ९.५३ रुपैयाँ थियो।यो योजनाअन्तर्गत भदौसम्म धितोपत्र र अन्यमा कुल ९८ करोड १६ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ९५ करोड ५२ लाखरुपैयाँ थियो। भदौमा यो योजनाको कुल व्यय ४ करोड ५३ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल व्यय २ करोड ९७ लाख रुपैयाँ थियो। यसैगरी भदौमा ग्रोथ फन्डको न्याभ पनि घटेर १०.१० रुपैयाँ कायम भएको छ। गत साउनमा न्याभ १०.१५ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत भदौसम्म धितोपत्र र अन्यमा कुल ४६ करोड २४ लाख रुपैयाँ लगानी भएको छ। गत साउनसम्म यस्तो लगानी ४२ करोड ७५ लाख रुपैयाँ थियो। भदौमा यो योजनाको कुल व्यय १ करोड १२ लाखरुपैयाँ रहेको छ। गत साउनमा कुल व्यय ८० लाख ७७ हजार रुपैयाँ थियो।

आइतबार, १४ असोज २०८०, १० : २५

प्रतिक्रिया