कर्पोरेट कार्यालय निर्माणको लागि जग्गा खरिद गर्दै एनएमबि बैंक

आइतबार, १४ असोज २०८०, १० : ४२

काठमाडौँ- एनएमबि बैंकले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाण्डौमा जग्गा खरिद गर्ने निर्णय गरेको छ। 

बैंक सञ्चालक समितिको बैठकले काठमाण्डौ महानगरपालिका वडा नं. १ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो। बैंकले १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने निर्णय गरेको छ। 

उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिल खारेज भई आएपश्चात उक्त रकम भुक्तानी गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ। 

 

आइतबार, १४ असोज २०८०, १० : ४२

प्रतिक्रिया