चिनियाँ अटो ब्राण्डको ‘ओमोडा’ नेपाल भित्रिँदै

आइतबार, १४ असोज २०८०, १२ : १३

काठमाडौँ - चिनियाँ अटोमोबाइल कम्पनि ‘चेरी’ को अर्को प्रस्तुति नेपाली बजारमा ओमोडा’ ब्राण्ड भित्रिएको छ । ‘क्रस फ्युचर’ अवधारणामा उपलब्ध ओमोडालाई एसपीजी प्रा।लिले नेपाल भित्र्याउन लागेको हो ।

  ओमोडाले आफूलाई ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ को रूपमा प्रस्तुत गर्दछ । जसको अर्थ ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ भन्ने हुन्छ । ओमोडाले उच्च गुणस्तरका कार खोज्ने उपभोक्ताहरूलाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गरेको दाबी गरेको छ । अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनहरूको विकास गर्नु ओमोडा ब्रान्डको डिएनएमै रहेको कम्पनीको भनाइ छ ।

 ओमोडा,उपभोक्ताहरूको परिवर्तनशील आवश्यकतालाई पहिल्याउँदै नयाँ पुस्ताका लागि पहिलो रोजाईको ब्रान्ड बन्न समर्पित छ । ओमोडा, विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई अझ राम्ररी बुझ्नको लागि उनीहरूसँग संवादमा संलग्न हुँदै आइरहेको छ । आफ्नो विश्वव्यापी ब्रान्ड धारणा पालना गर्दै ओमोडा ले ‘ओ–युनिभर्स’ इकोसिस्टमको अवधारणा सिर्जना गरेको छ । जुन ब्रान्ड र प्रयोगकर्ताहरूबीच सम्पर्क गर्न अनुकुल बनाउने प्रविधि हो ।

 ओमोडाका अनुसार ओमोडाको ओ अक्षर ‘जीवनको अपरिहार्य तत्व अक्सिजन’ बाट आएको हो भने ‘मोडा’ को अर्थ आधुनिक हो । युवापन, आत्मनिर्भरता र विश्वव्यापीकरणको बढ्दो प्रवृतिको अध्ययनसँगै,ओमोडाको उद्देश्य, युवा जेनेरेसन जेड ‘जेट’ प्रयोगकर्ताहरूका लागि नयाँ डिजाइन र आधुनिक प्रविधि ल्याउँदै भविष्यका स्टाइलिस गाडीहरू प्रदान गर्नु हो ।

एसपीजी अटोमोबाइल्स नेपालका लागि चेरि अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता हो ।  सन् २०२१ मा सुरु भएको यस कम्पनिले चीनस्थित चेरिको प्लान्टबाट गाडी आयात गर्दछ । एसपीजी अटोमोबाइल प्रालिले छिट्टै ओमोडा इभि नेपालमा आयात गर्ने योजना बनाएको छ । हाल, कम्पनीको नेपालभर १२ वटा बिक्री केन्द्रहरू रहेका छन् ।

आइतबार, १४ असोज २०८०, १२ : १३

प्रतिक्रिया