मनकामना केबलकार दुई दिन बन्द हुने

आइतबार, १४ असोज २०८०, १६ : १६

काठमाडौँ - नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यही असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । 

 नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालनमा रहनेछ। 

केबलकारको  नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनस्सञ्चालनमा आउने छ ।   

आइतबार, १४ असोज २०८०, १६ : १६

प्रतिक्रिया