काठमाडौँ - ऋण लगानी गर्दा एन आईसी एशिया बैंकका कर्मचारीले ग्राहकसंग सापटी भन्दै रकम ठगि गरेको खुलेको छ । आफुहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धान जारी राखिएको बताउनु भयो ।
ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एन आईसी एशिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८का प्रोपाईटरसंग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिए पनि फिर्ता नगरेपछि कानुनी कारर्बाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेका हुन । कर्जा प्रबाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एन आईसी एशिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्तासंग बुझ्न खोज्दा उनी सम्पर्क बिहीन बनेका छन् ।
कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपुर्ण ऋण स्वीकृत गरेपछि एन आईसी एशिया बैंक गरुडाका प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गाभगवती–१का प्रोपाईटर अशोक कुमार साहसंग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तबको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो । साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो ।
स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्व नै बैंक प्रबन्धकले खाली चेक लिएर बिभिन्न व्यक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ । यस्तै जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राईभेट लिमिटेड चन्द्रपुर–१०को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घर सहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साहसंगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैंकका प्रबन्धक आमोद गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधब प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८का चेकको विवरण बैंकले नदिएको बताइएको छ ।
एन आईसी एशिया बैंक प्रधान कार्यालयका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुन राज खनियाँसँग यसबारेमा बुझ्न पटक पटक सम्र्पक गर्न खोज्दा उहाँको फोन मोबाइल उठेको छैन ।
प्रतिक्रिया