एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सोमबार, १५ असोज २०८०, ०७ : ३५

एनआईसी एशिया बैंक र एभरेस्ट बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म र एभरेस्ट बैङ्कले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

एनआईसी एशिया बैङ्कले गत आर्थिक वर्ष २०७९ र ८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 बैङ्कले लाभांश पारित गर्न असोज २८ गते आर्मी अफिसर्स क्लब काठमाडौँमा बिहान ९ बजे २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । एभरेस्ट बैङ्कले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोमबार, १५ असोज २०८०, ०७ : ३५

प्रतिक्रिया