सन नेपाल लाइफद्धारा मृत्युदाबी रकम भुक्तानी

सोमबार, १५ असोज २०८०, १२ : ५८

काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्युदाबी रकम भुक्तानी गरेको छ। 

कम्पनीले बीमित स्व.अनुराज रानाको बुवा सुरेन्द्र रानालाई १ लाख १९ हजार ३०० रुपैयाँ दाबी भुक्तानी गरेको हो। कम्पनीमा उनको बाल समृद्ध सावधिक जीवन बीमा बीमांक रकम रु। १ हजारको जीवन बीमा गरिएको थियो। वार्षिक ६ किस्ताबापत रु। ३६ हजार भुक्तानी भइसकेको थियो। उनको २०८० असार २५ गते निधन भएको थियो। 

अनुराजका बुवा सुरेन्द्र रानालाई बीमांक र बोनस गरी जम्मा रकम रु। १ लाख १९ हजारको चेक कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्रविक्रम अधिकारीले प्रदान गरेका हुन्। कार्यक्रममा उपस्थित स्थानीय निकायका जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्तालाई अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए। 

सोमबार, १५ असोज २०८०, १२ : ५८

प्रतिक्रिया