काठमाडौं- सुपर शोको इलेक्ट्रीकको नयाँ शोरुम बुटवलमा संचालनमा आएको छ । कम्पनीले आफ्नो छैटौं शोरुम बुटवलमा संचालनमा ल्याएको हो ।
सुपर शोको इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता कम्पनी डि लाईफ स्टाइलले थ्रीएस सेवा सहितको छैटौं शोरुमको रुपमा मणिरत्न मल्टि ट्रेडलाई नियुक्त गरेको हो । यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, विरगंज, इनरुवा र इटहरीमा सुपर शोकोको शोरुम संचालन गर्दै आएको छ ।
ग्राहकको आकर्षण इलेक्ट्रीक स्कुटरमा बढ्दै गएको कारण बुटवलका ग्राहकहरुलाई गुणस्तरीय स्कुटर उपलब्ध गराउने उद्धेश्यसहित थ्रीएस शोरुम संचालनमा ल्याएको कम्नपीले जनाएको छ ।
सुरप शोकोले ४ भेरियन्टका इलेक्ट्रीक मोटरसाइकल र तीन मोडलका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले १ लाख ९० हजार रुपैयाँको स्कुटरदेखि ५ लाख रुपैयाँसम्मका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
डि लाइफ स्टाइलले फेस्टिभ सिजनको अवसरमा आफ्ना उत्पादनमा ४० हजार रुपैयाँसम्मको नगद छुटको स्कीमसमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया