नेप्सेमा एक कम्पनीको ऋणपत्र सूचीकृत

मंगलबार, १६ असोज २०८०, १३ : २७

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। 

नेप्सेमा एसबीआई बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ सूचीकृत भएका छन्। 

 यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रलाई नेप्सेले ‘एसबीआईडी८९’ कारोबार संकेत प्रदान गरेको छ। भोलिदेखि यो ऋणपत्र कारोबारमा आउनेछ।

 

मंगलबार, १६ असोज २०८०, १३ : २७

प्रतिक्रिया