धरानमा क्रसफायरको नयाँ शोरुम खुल्ने

मंगलबार, १६ असोज २०८०, १६ : ०७

काठमाडौँ- धरानमा क्रसफायरको नयाँ शोरुम खुल्ने भएको छ । हाल संचलानमा रहेको पुरानो शोरुमलाई कम्पनीले धनकुटे रोडमा नयाँ पूर्वाधार निर्माण गरी स्थानन्तरण गर्न लागेको हो । सो नयाँ सोरुम आधुनिक र सुविधासम्पनन रहने कम्पनीले जनाएको छ ।

शोरुममा क्रसफायर र इटालिका ब्रान्डका मोटरसाइकल एवं स्कुटरको बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुनेछ । नयाँ सोरुमलाई कम्पनीले असोज १८ गते एक कार्यक्रमको आयोजना गरी उद्घाटन गर्न लागेको हो । सोही दिन राइडरले नयाँ बाइकको टेष्ट राइड गर्न पाउनेछन् भने स्टन्ट र (यालीमा समेत सहभागीता जनाउन सक्नेछन् ।

क्रसफायरले नेपाली युवा राइडरमाझ लोकप्रिय मोटरसाइकल ब्रान्डको पहिचान बनाएको छ । यसको हाल बजारमा ट्रेक्कर २५०, एचजे २५०, जीआर७ २५० र आरएम २५० मोडलका मोटरसाइकल उपलब्ध छन् भने इटालिका मोटो ब्रन्डमा फर्मूला १५० स्कुटर लोकप्रिय मानिन्छ । नेपालमा यो ब्रान्डलाई क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आयत गरी कारोवार गर्दै आएको छ ।
 

मंगलबार, १६ असोज २०८०, १६ : ०७

प्रतिक्रिया