अवतरण हुनै लाग्दा कतार एयरको जहाज किन गरियो ‘ओभर सुट’

बुधबार, १७ असोज २०८०, १० : ०९

कतारको दोहाबाट काठमाडौँका लागि आएको कतार एयरलाइन्सको जहाजले आज बिहान ‘ओभर सुट’ गरेको छ । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा ओभर सुट गरेको थियो ।

जहाजले ‘ओभर सुट’गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको थियो धेरै जसोले निरन्तर परको झरीका कारण जहाजले धावनमार्ग पहिचान गर्न नसकेको कारण  ‘ओभर सुट’ गरेको अनुमान लगाएका छन् भने कत्तिले जहाजमा आएको प्राविधिक कारण जहाजले  ‘ओभर सुट’ गर्ने गरेको औँल्याएका छन् । 

के  ‘ओभर सुट’को कारण धावनमार्गको ठिक पहिचान हुन नसक्नु नै हो त? वा जहाजमा देखिएको प्राविधिक कारण होला ? वास्तवमा यो दुवै कारण नभएर जहाज  ‘ओभर सुट’ भएको कारण  ‘अनस्टेवल एप्रोज’ भएकाले ओभर सुट गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

 “जहाजले एप्रोच नमिलेर ओभर सुट गरिएको विमानस्थलका एक कर्मचारीले जानकारी दिएका छन् , कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुने उनको भनाई छ । यसरी ओभर सुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ ।

बुधबार, १७ असोज २०८०, १० : ०९

प्रतिक्रिया