काठमाडौं- हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरलक मार्केटिङले दशैं अफर ल्याएको छ । ‘हिरो पर्वमा गर्व’ नामले आएको सो अफर अन्तर्गत ग्राहकले हिरोको जुनसुकै स्कुटर र मोटरसाइकल खरिद गर्दा तत्कालै १० हजार नगद छुट पाउनेछन् ।
यसैगरी स्क्र्याचमा १ लाखसम्म जित्न सकिने र एकजना भाग्यशाली बिजेताले बम्परमा १ लाख पाउने कम्पनीले जनाएको छ । हिरोको नेपाली बजारमा सुपर स्प्लेन्डर र एक्सपल्स मोटरसाइकल सबैभन्दा बढी लोकप्रिय मानिन्छन् ।
छठ पर्बसम्मका लागी लागु हुने अफर हिरोको सवै शोरुममा उपलब्ध हुने कम्पनीको भनाई छ ।
प्रतिक्रिया