काठमाडौं- हेनरी कारको नेपालको लागि अधिकारिक विक्रेता पायोनीयर वर्ल्डवाईड प्रालीले दशै तिहार र छठको अवसर पारेर 'दशै तिहारको बहार, कार किन्दा स्कुटर उपहार' योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत असोज १५ गते देखी मङ्सिर ५ गते सम्म हेनरी कार खरिद गर्ने प्रत्यक ग्राहकले इकुटर ब्रान्डको ईटी(३ मोडेल इलेक्ट्रिक स्कुटर सित्तैमा प्राप्त गर्नेछन। यसका साथै प्रत्यक गाडीको खरिदमा एक बर्षको बिमा र वार्षिककर पनि कम्पनिले उप्लब्ध गराउने जनाएको छ।
चिनिया डोङ्फेङ ग्रुप र निसान मोटर्सको संयुक्त परीयोजना अन्तरगत निर्माण भएको हेनरी मिनकारमा १७ किलोवाट आवरको ब्याट्री, ३५ किलोवाटको मोटर , ५ वटा ढोकाहरु का साथै अलोई व्हील, एबीस, हिलहोल्ड अस्सिस्ट, एलेक्क्ट्रोनिक स्टेरिङ्ग,पावर विन्डो , रिभर्श पार्किङग क्यामेरा , रिभर्श पार्किङग सेन्सरका साथै थप सुरक्षाको लागि ड्राभर एअर ब्याग को पनि ब्यवस्था रहेको छ । यसका साथै स्टेरिङ्ग बाटै मल्टीमिडिया कन्ट्रोल गर्न मिल्ने स्टेरिङ कन्ट्रोल , डे टाईम रनिङ लाईट , एल ई डि हेडलाईट पनि थप गरिएको जानकारी कम्पनीका निर्देशक श्याम सुन्दर सापकोटाले बताउनु भएको छ । यसका साथै ब्याक लाईटको डिजाईन पनि परीवर्तन गरी, निकै आकर्षक ब्याक लाईट यसमा प्राप्त गर्न सकिन्छ । अपग्रेडेड फिचर्स सहित आएको यस हेनरी मिनकार ले यस दसैं तिहारको अवसर पारेर घरको लागि अत्यावसेक स्कुटर पनि सित्तैमा प्रदान गर्ने भएकोले ग्राहकहरुलाई थप आकर्षण गर्ने विश्वास वहाँले ब्यक्त गर्नु भयो ।
प्रतिक्रिया