नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल ३ लाख ७९ हजार ९ सय रुपैयाँमा विक्री गर्ने भएको छ ।
यो मोटरसाइकलमा एफआई इन्जिन, नवीनतम् डबल डिस्क र बीएस सिक्स इन्जिन टेक्नोलोजीसहित तीन वटा मुख्य विशेषताहरू रहको कम्पनीले जनाएको छ । एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा कुनै पनि सुविधाहरूमा सम्झौता नगरी किफायतीपन कायम गरिएको एमएडब्लुको भनाइ छ। यो मोटरसाइकल कालो र निलो रङमा उपलब्ध छ।
यो मोटरसाइकल आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ । यसमा १४९ सिसी एयर(कूल्ड फोर(स्ट्रोक सिङ्गल(सिलिन्डर ब्लूकोर इन्जिन छ भने यसले मध्यम रेन्जको पावर दिने कम्पनीले जनाएको छ । यसको इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली र प्रभावकारी रहेको कम्पनीको दाबी छ । यसले औसत ४५ देखि ५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने पनि जनाइएको छ ।
मोटरसाइकलमा ट्याकोमिटर, ओडो मिटर, सिङ्गल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको क्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ । मोटरसाइकलको अगाडि ४१ एफएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७(स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ ।
प्रतिक्रिया