नबिल सेक्युरिटिजको सीईओमा देवकोटा

आइतबार, २१ असोज २०८०, १८ : ०८

काठमाडौँ - नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । 

नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागू हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो ।

 करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । नेपाल बैंकबाट बैकिङ्ग करियर सुरु गरेका देवकोटासँग नेपाल बङ्गलादेश बैंकमा काम गरेको पनि अनुभव छ ।

आइतबार, २१ असोज २०८०, १८ : ०८

प्रतिक्रिया