ज्येष्ठ नागरिकका लागि सञ्चालन भएको निःशुल्क यातायात सेवा बन्द

सोमबार, २२ असोज २०८०, ०८ : ३३

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ। 

आर्थिक वर्ष २०७४ र ०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा प्रदान गरिरहेको थियो । लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिएका छन् । 

गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालि बीचमा भएको सम्झौता अनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो ।

 ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएपछि   निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिका उपाध्यक्ष  अरुणा थापा मगरले बताएका छन् । 

सोमबार, २२ असोज २०८०, ०८ : ३३

प्रतिक्रिया