सहकारी ठगी अभियोगमा ग्यालेक्सी टिभीका उपाध्यक्ष कारागार चलान

सोमबार, २२ असोज २०८०, ०८ : ५४

बचतकर्ताको रकम हिनामिनाको अभियोगमा पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष कुमार रम्तेल  पुर्पक्षका लागि थुनामा पुगेका छन्।आइतबार थुनछेक बहस सकिएपछि जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले रम्तेललाई  थुनामा राख्न आदेश दिएको हो।

सहकारी बन्द गरेको, बचतकर्ताको रकम फिर्ता नगरेको, नियामक निकायको विश्लेषणात्मक प्रतिवेदन लगायतमा टेक्दै रम्तेललाई  मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राख्न आदेश दिएको हो।

सहकारी ठगीका मुख्य योजनाकार मानिएका गितेन्द्रबाबु ९जिबी० राई भने पक्राउ परेका छैनन्। सहकारी ठगीमा जिबीसहित १९ जना प्रतिवादी छन्। त्यसमध्येमा रम्तेलमात्र पक्राउ परेका थिए। अदालतमा दायर अभियोग पत्रमा उनीहरूले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ ठगी गरेको दाबी गरिएको छ। 

हर्बो इन्टरनेशनलबाट  अबै नेटवर्किङ हुँदै उदाएका जिबीले रवि लामिछानेलाई भित्र्याएर ग्यालेक्सी च्यानल खोलेका थिए।  रवि चितवनमा उम्मेदवार बन्दा सघाउन जिबी  निर्वाचनको बेलामा अधिकांश समय चितवनको सौराहामा बसेका थिए।

सोमबार, २२ असोज २०८०, ०८ : ५४

प्रतिक्रिया