गुहेश्वरी मर्चेन्टको सीईओ परिवर्तन

सोमबार, २२ असोज २०८०, १२ : ०३

काठमाडौँ- गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मा तोयराज अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी सीईओमा अधिकारीलाई नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।यसअघि कम्पनीको सीईओमा राजेशकुमार श्रेष्ठ थिए ।


उनले पदबाट दिएको राजीनामा पनि कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

 

सोमबार, २२ असोज २०८०, १२ : ०३

प्रतिक्रिया