सानिमा रिलायन्स इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

मंगलबार, २३ असोज २०८०, ०९ : ३५

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते  बिर्तामोड र इटहरी छेत्रको संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आ.व २०७९-८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान गरेको छ।

उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सी ई ओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा छेत्रिय प्रबन्धक जितेन्द्र छेत्री लगायत शाखा प्रबन्धकहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ।   

कम्पनीका डेपुटी सी ई ओ नीराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए।  साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया  र तालिम प्रदान गरेको कम्पनीले जनाएको छ। 

मंगलबार, २३ असोज २०८०, ०९ : ३५

प्रतिक्रिया