गार्डियन माइक्रो लाइफको नयाँ शाखा भरतपुरमा

मंगलबार, २३ असोज २०८०, १३ : ३५

काठमाडौँ- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चितवनको भरतपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत९सीईओ० चिरायु भण्डारी, प्रमख अतिति भरतपुर महानगरपालिकाका उप–मेयर चित्रसेन अधिकारी र विशेष अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले उक्त शाखा कार्यालयको संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा कम्पनीका सीईओ भण्डारीले लघुबीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । त्यस्तै, कम्पनीका मार्केटिङ प्रमुख कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ति, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले चितवनमा पनि शाखा विस्तार गरेको बताए ।

कार्यक्रममा उप–मेयर अधिकारीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शाखा विस्तार गर्दा सो क्षेत्रका स्थानीयले स–सानो रकम जम्मा गरि बीमा गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेस्नल सोसाइटी चितवनको अध्यक्ष भरत मल्ल, चितवन यातायात व्यवसायी सघंका उपाध्यक्ष कमल तिवारी, प्रजातान्त्रिक फार्मेसी सघंका केन्द्रीय अध्यक्ष सुदिपराज सुवेदीलगायत स्थानीयको सहभागीता थियो । भरतपुरमा कम्पनीले पाँचौ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 
 

मंगलबार, २३ असोज २०८०, १३ : ३५

प्रतिक्रिया