प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले आफ्ना इकाई धनीहरुलाई प्रतिफल वितरण गरेको छ।
प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापक र प्रभु बैङ्क लिमिटेड कोष प्रवर्द्धक रहेको फण्डले गत आर्थिक वर्षका लागि करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुको बैङ्क खातामा सो दरमा प्रतिफल जम्मा गरेको हो।
हित ग्राही खातामा बैङ्क खाता अद्यावधिक नभएका इकाईधनीहरुलाई शीघ्र अद्यावधिक गराउन फण्डले अनुरोध गरेको छ।
प्रतिक्रिया