एए माइनस निष्कासनकर्ता रेटिङ एभरेष्ट बैंकलाई प्रदान

बुधबार, २४ असोज २०८०, १६ : ४३

काठमाडौँ- इक्रा नेपाल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडलाई (इक्राएनपी–आईआर) एए माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ। 

 

बुधबार, २४ असोज २०८०, १६ : ४३

प्रतिक्रिया