सगरमाथा लुम्बिनी ईन्स्योरेन्सद्धारा आर्थिक सहयोग

शुक्रबार, २६ असोज २०८०, ०९ : ०९

काठमाडौँ- सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग स्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । 

कम्पनीले सामाजिक कार्यको लागि यती ठुलो धनराशि सहयोग गरेकोमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयले प्रशंसा गरेको छ । 

व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत कम्पनीले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुराउँदै आएको छ । 

शुक्रबार, २६ असोज २०८०, ०९ : ०९

प्रतिक्रिया