इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, २६ असोज २०८०, १० : २०

काठमाडौँ- इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको करिब १ लाख  कित्ता सेयर बिक्रीमा राखिएको छ। 

संस्थाले संस्थापक समूहको ९९ हजार ३०२ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनी र अन्य सर्वसाधारणले पनि खरिद आवेदन दिन पाउनेछन्।


इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। 

बिक्रीमा राखिएको संस्थापक सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने संस्थाले जनाएको छ। 

 

शुक्रबार, २६ असोज २०८०, १० : २०

प्रतिक्रिया