बेष्ट फाइनान्सले सुरु गर्‍यो आर्कषक सेवा

शुक्रबार, २६ असोज २०८०, १३ : ४१

काठमाडौँ - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ ।  नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त उक्त कम्पनीले बिहीबारदेखि स्तरोन्नतिसहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।
 

 देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ काराबार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सेवासहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको कम्पनीले जनाएको छ । 
 
यो सेवाको सुरुवात भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले बचत तथा मुद्धती खाता खोल्न सक्नेछन । साथै भिडियो केवाईसी मार्पmत् ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ ।
 
केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्नमार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधासमेत रहेको कम्पनीले बताएको  छ ।

शुक्रबार, २६ असोज २०८०, १३ : ४१

प्रतिक्रिया