असोजको अन्तिम सातादेखि नयाँ नोट साट्न सकिने

शनिबार, २७ असोज २०८०, ०७ : ४४

नेपाल राष्ट्र बैङ्कले दसैँका लागि नयाँ नोट वितरणको तयारी गरेको छ। नयाँ नोट वितरणबारे अन्योलमा रहेको राष्ट्र बैङ्कले असोजको अन्तिम सातादेखि नयाँ सुकिला नोट साट्ने व्यवस्था हुने जनाइएको छ।

केन्द्रीय बैङ्कका अनुसार अघिल्ला वर्ष झैँ प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिनेछ। बैङ्कले अहिले नोट कति आवश्यक पर्ने हो भन्ने बारे विवरण सङ्कलन गरिरहेको जनाइएको छ।

विवरण सङ्कलन पश्चात् राष्ट्र बैङ्कले सर्वसाधारण तथा बैङ्क तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउनेछ । सर्वसाधारणले रु ५, रु १०, रु २०, रु ५० र रु १०० दरका एक–एक बन्डल गरी कुल १८ हजार पाँच सय रुपैयाँ सटही गर्न पाउनेछन् ।

दसैँका बेला दक्षिणा, पूजापाठ आदि कार्यका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन रहिआएको छ । यसै गरी बैङ्कले यस पटक नोट सटही कार्यलाई सहज बनाउन क्युआर मार्फत नै भुक्तानी गर्न मिल्ने व्यवस्था पनि गर्ने जनाएको छ।

शनिबार, २७ असोज २०८०, ०७ : ४४

प्रतिक्रिया