सर्वसाधारणको माग पुरा गर्न ५ रुपैयाँ दरका सिक्का निकाल्दै राष्ट्र बैङ्क

आइतबार, २८ असोज २०८०, ०९ : ०९

राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग टक्सार  महाशाखाका अनुसार नेपाल राष्ट्र बैङ्कले ५ रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ। टक्सार  महाशाखाका अनुसार १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको हो।

यसअघि राष्ट्र बैङ्कले १ र २ रुपैयाँ दरका सिक्का निकाल्दै आएको थियो।  अब भने राष्ट्र बैङ्कले ५ रुपैयाँ दरका सिक्का निकाल्न लागेको हो। ५ रुपैयाँको सिक्काले ५ वर्षको माग धान्ने बैङ्कको विश्वास छ। ‘गाई चिह्न अङ्कित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ।

‘सिक्का निकाल्दा राष्ट्र बैङ्कले घाटा बेहोर्नुपर्छ तैपनि सर्वसाधारणको माग परिपूर्ति गर्न निकाल्ने गरेको राष्ट्र बैङ्कको भनाई छ ,’ यो सँगै राष्ट्र बैङ्क २० र ५० रुपैयाँ दरका सिक्का पनि निकाल्ने योजनामा छ। ‘नोटहरू २ र ३ वर्षमा नै झुत्रो भएर जान्छन्। सिक्काको आयु २० देखि ३० वर्ष हुने मानिन्छ। त्यसैले सिक्कालाई प्राथमिकता दिन लागेको राष्ट्र बैङ्कको भनाई छ ।  

सामान्यतया चाडबाडमा चलनचल्तीका सिक्काको तुलनामा सुनचाँदीका सिक्काको माग बढी हुन्छ। विशेष गरी तिहारमा धनतेरसका  दिन सुनचाँदी भित्र्याए घरमा लक्ष्मीले बास गर्छिन् भन्ने जनविश्वास छ। यसलाई मध्यनजर गरी बैङ्कले यस पटक चाँदीका गाई छाप सिक्का निकालेको छ।

आइतबार, २८ असोज २०८०, ०९ : ०९

प्रतिक्रिया