काठमाडौँ- मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा माग ९४.६९ गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार कम्पनीको एफपीओमा आइतबार बिहान सम्ममा १० लाख २० हजार १८९ जनाले १ करोड १७ लाख २४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले असोज २५ गतेदेखि १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया