एक बैंकको सेयर बिक्रिमा

आइतबार, २८ असोज २०८०, १६ : ०८

काठमाडौँ - सिद्धार्थ बैंकको करिब साढे ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

 सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ। 

 

आइतबार, २८ असोज २०८०, १६ : ०८

प्रतिक्रिया