सानिमा सेक्यूरिटीज लिमिटेडको कारोबार बिधिवत रुपमा सुरुवात

सोमबार, २९ असोज २०८०, १७ : १७

काठमाडौँ - सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले मिति २०८० आश्विन २९ गते देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको  समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  निश्चल राज पाण्डे र सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन् समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले  सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको  रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
 
सानिमा सेक्यूरिटीज  लिमिटेडले मिति २०८० श्रावण १० गते को दिन नेपाल धितोपत्र बोर्ड बाट र मिति २०८० भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड बाट सदस्यता प्राप्त गरेको थियो  । 

Photo1
 

 

                     Photo 2          
                                
                                

                        

सोमबार, २९ असोज २०८०, १७ : १७

प्रतिक्रिया