दुई दर्जन बढी वाणिज्य बैङ्कले ब्याजदर घटाए , कुन बैङ्कको ब्याजदर कति ?

मंगलबार, ३० असोज २०८०, ०९ : १७

साउन महिना आज अन्तिम दिन रहेको छ कार्तिक महिना लागेसँगै अधिकांश वाणिज्य बैङ्कहरूले आफ्नो ब्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् । बैङ्कहरूले नयाँ ब्याजदर प्रकाशित गर्दै ब्याजदर घटाएका हुन्।

कात्तिक महिनामा २ बैङ्कहरूले ब्याजदर बढाएका छन्  १४ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन्, त्यस्तै ४ वटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । प्रतिशत रहेको बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ । प्राइम कमर्सियल  बैङ्क,नबिल  बैङ्क र नेपाल इन्भेस्टमेन्ट मेगा  बैङ्कले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

 प्राइम बैङ्कको कात्तिक महिनामा व्यक्तिगत मुद्दती खातामा १०.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।त्यस्तै नबिल  बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा १० र संस्थागत निक्षेपमा ८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैङ्कले पनि क्रमशः व्यक्तिगत निक्षेपमा १०.०१ र ८.०१ प्रतिशत ब्याज दिने भएको छ।

प्रभु बैङ्क र सानिमा बैङ्कले व्यक्तिगत निक्षेपमा ९.२२४ र संस्थागत निक्षेपमा ७.२२४ प्रतिशत, ग्लोबल आईएमई  बैङ्कले क्रमशः १० र ८ प्रतिशत, कृषि विकास बैङ्कले ९.७६ प्रतिशत र ७.७६ प्रतिशत, सिटिजन्स  बैङ्कले ९.९५ व्यक्तिगत मुद्दती निक्षेपमा र ७.९५ प्रतिशत संस्थागत निक्षेपमा ब्याज दिने सूचना सार्वजनिक गरेको छ ।

कुमारी बैङ्कले पनि असोज महिना कोभन्दा ०.१ प्रतिशतले ब्याजदर घटाएर १०.०१ र ८.०१ प्रतिशत कायम गरेको छ । स्ट्याण्र्डड  चाटर्ड  बैङ्कले ९.२२ प्रतिशत व्यक्तिगत र ५.५ प्रतिशत संस्थागत मुद्दती निक्षेपमा ब्याज कायम गरेको ।

नेपाल बैङ्कले ९.२२४ प्रतिशत र७.२२४ प्रतिशत ब्याज दिने भएको छ भने हिमालयन बैङ्क र एनआईसी  एसिया बैङ्कले ११.००३ र ९.००३ प्रतिशत ब्याज दिने भएका छन् । असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, लक्ष्मी सनराइज  बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क छन् । यता नेपाल एसबिआई  बैङ्क र एनएमबि   बैङ्कले भने ब्याजदर बढाएका छन्। एनएमबि  बैङ्कको ब्याजदर १.०१३ प्रतिशतले बढेको हो । 

नेपाल एसबिआई  बैङ्कको ब्याजदर ०.७ प्रतिशतले बढेको छ । एनएमबि बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.७ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ८.७ प्रतिशत रहेको छ। विगत केही वर्षयता बैङ्कहरूले सहमतिमा ब्याजदर तोक्ने गरेका थिए । चालु आव लागेदेखि बैङ्कहरू आफैले आफ्नो अनुकूलता अनुसार राष्ट्र बैकको निर्देशन बमोजिम ब्याजदर घटबढ गर्ने गरेका छन् । 

मंगलबार, ३० असोज २०८०, ०९ : १७

प्रतिक्रिया