नेपाल राष्ट्र बैङ्कले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसामा खरिद बिक्री गर्न सकिनेछ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसाले भाउ पाउँदा क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५० पैसा तथा बिक्री दर ९७ रुपैयाँ ९४ पैसा तथा अस्ट्रेलियन डलर खरिद दर ८४ रुपैयाँ ८ पैसा तथा बिक्री दर ८४ रुपैयाँ ४६ रुपैयाँमा कारोबार हुनेछ।
त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैङ्कले जापानी एन ८ रुपैयाँ ८९ पैसामा खरिद गरिनेछ भने ८ रुपैयाँ ९३ पैसामा बिक्री गरिनेछ।
प्रतिक्रिया