सामुदायिक लघुवित्तको विशेष साधारणसभा आज

मंगलबार, ३० असोज २०८०, १२ : ३२

काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आज असोज ३० गते बस्दैछ। सभा काभ्रेको बनेपालस्थित होटेल उग्रचण्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले सामुदायिक लघुवित्त बिपिडब्लु लघुवित्तबीच मर्जर प्रक्रियामा भए गरेका सम्पूर्ण कार्यलाई अनुमोदन गर्नेछ। सभाले मर्जर प्रयोजनका लागि तय गरिएको १ः०.८५३५ सेयर स्वाप रेसियो पारित गर्नेछ। जसअनुसार बिपिडब्लु लघुवित्तको सेयर आदानप्रदान अनुपात १ कित्ता सेयरबराबर ०.८५३५ सकत्ता सेयर प्रदान गर्ने बिपिडब्लुसँगको मर्जर स्वीकृत गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

 सभाले मर्जर प्रक्रिया सम्पन्न भएपश्चात हुने संस्थाको नाम, ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्तापुँजी, सेयर संरचनालगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियममावलीको आवश्यक दफा, उपदफा तथा नियमहरु संशोधन तथा परिमार्जन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। 

विशेष प्रस्तावहरुमा नियामक निकायहरुबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषि संशोधन गर्न वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्नेलगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले गत असोज २१ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ असोज १८ गते ९असोज १९ गते शुक्रबार र २० गते शनिबार०सम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको विषेश साधारणसभामा भाग लिन योग्य भएका छन्। 

 

मंगलबार, ३० असोज २०८०, १२ : ३२

प्रतिक्रिया