एक कम्पनीले बोलायो  साधारण सभा

मंगलबार, ३० असोज २०८०, १२ : ३७

काठमाडौँ - गोल्याण पावर लिमिटेडले आगामी कात्तिक १५ गते विशेष साधारण सभा बोलाएको छ ।

गत असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 सो सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रवन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सोही सभाले कम्पनीको नियमावलीको नियम २७(३)(ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने  छ ।

मंगलबार, ३० असोज २०८०, १२ : ३७

प्रतिक्रिया