५० जना राइडरहरू सहित पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

बुधबार, ०१ कार्तिक २०८०, ०७ : ४५

 नेपालको लागि टिभिएस स्कुटर र मोटर साइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले  पोखरामा माइलेज  टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । 

गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकी डाँडा रिपोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज (यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो ।

 उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए । आयोजकले माइलेजका बिजेताहरूलाई पुरस्कार प्रदान गरेको थियो ।

उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरूबीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र र उपहारहरू पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरू सहभागी भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। 

बुधबार, ०१ कार्तिक २०८०, ०७ : ४५

प्रतिक्रिया